back
NMB ad

आर्थिक वृद्धिको लागि उद्योगी व्यवसायी नै अघि बढ्नु पर्छ : कार्यबाहक अध्यक्ष मल्ल

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर चेम्बर अफ कमर्शको भक्तपुर चेम्बर अफ कमर्शको प्रथम साधारण सभा र नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष एंव कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटन, सास्कृतिकसँगै औद्योगिक एंव व्यापारिक दृष्टिले अघि बढाउन अन्तराष्ट्रिय बजारमा नेपाली सामाग्री पु¥याउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले नेपालको व्यापार घाटा बढ्दै गएकाले त्यसको निवारणका लागि औद्योगिक एंव व्यापारिलाई अघि सार्न चेम्बर लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटनसँगै आर्थिक वृद्धिको लागि उद्योगी व्यवसायी नै अघि बढ्नुपर्ने बताउनुभयो । आर्थिक वृद्धिको लागि जलविद्युत, सूचना प्रविधि, प्रतिस्पर्धा क्षमताको वृद्धि गर्नुको विकल्प नभएको उहाँले औंल्याउनुभयो ।

कार्यबाहक अध्यक्ष मल्लले सबै मिलेर पुँजीको लागतमा वृद्धि गरे पनि काममा ढिला सुस्ती, श्रमको समस्या,दक्ष कामदारको अभावको कारणले उद्यगीहरुले आफ्नो लागत भन्दा कममा उद्योगहरु संचालन गर्न वाध्य भइरहेकाले निवारणका लागि अघि बढ्नुपर्ने उहाँको भनाई छ । 
कार्यबाहक अध्यक्ष मल्ले समग्र रुपमा शान्ति सुरक्षा, राजनीतिक स्थायित्व, ऐन नियम कानूनमा समयानुकूल परिवर्तन, भ्रस्टाचार मुक्त प्रशासन श्रमिकहरुको स्थायित्व हुनुनै निजी क्षेत्रको प्रमुख चाहना भएकोले हालै मात्र भएको लगानी सम्मेलन बाट विदेशी लगानी भित्रयाउने र स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने नीतिको अवलम्वन हुन सकेमा लगानीकर्ताहरुको विश्वास बढ्न जाने कुरामा हाम्रो दुई मत नरहेको धारण राख्नुभयो ।

आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको प्रबद्र्धन गर्न चेम्बर अफ कर्मश तयार रहेको जनाउँदै महिला उद्यमीलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपालको समग्र आर्थिक विकासकोलागी निजी क्षेत्र र सहकारी क्षेत्रबीच समन्वय र सहकार्यमा सदैंव तत्पर रही आज भन्दा ६८ बर्ष अगाडी देखि निजी क्षेत्रको सशतिmकरणबाट मात्र राष्ट्र्को समग्र विकास संभव हुने मूलमन्त्रलाई अगिंकार गरि नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको उहाँले बताउनुभयो ।

भक्तपुर चेम्बर अफ कमर्शको कार्य समितिका नयाँ पदाधिकारीालई बधाई एंव शुभकामना दिदै चेम्बरका कार्यकारी अध्यक्ष मल्लले व्यापारका योजना सहित अघि बढ्नुपर्ने बताउनुभयो । चेम्बरले आर्थिक तथा व्यापारिक गतिविधीहरु अगाडी बढाएर व्यापार मेलाको आयोजना, अन्य मूलुकहरुसगँ हुने व्यापार मेलाहरुमा भाग लिने, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान गर्ने जस्ता संबन्धलाई विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउँदै आईरहेको उपाध्यक्ष मल्लको भनाई थियो । देशको अर्थ व्यवस्थालाई मजवुत वनाउन राज्यले अगिंकार गरेको उदारीकरण नितिलाई अवलम्बन गरि आर्थिक सवृद्धि कायम गर्ने औद्योगिकीकरणको विकास गरी आयात प्रतिस्थापन गर्ने,निर्यातलाई प्रवद्र्धन गरि आत्मनिर्भरता तिर जानु जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेउवा संघ अध्यक्ष, अन्य बिभिन्न संघसस्थाका प्रमुख, प्रतिनिधले शुभकामना मन्तब्य दिनुभयो । कार्यक्रम भक्तपुर चेम्बरका अध्यक्ष नुक्षरत्न मानन्धरको अध्यक्षता भएको थियो । ३ नं प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठले चेम्बरको इतिहास, महत्व, कार्य र गतिबिधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

२०७६ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २९ आइतवार १०:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...