back
NMB ad

स्प्राईट लगाउँ, प्यास बुझाउँ अभियान

Kumari bank ad

काठमाडौं । लेमन–लाईम खण्डको देशकै प्रतिष्ठित पेय पदार्थ ब्राण्ड स्प्राईटले स्प्राईट लगाउँ, प्यास बुझाउँ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राईटले गर्मी याममा उपभोक्तालाई कुल राख्दछ जसले गर्दा उनीहरु जुनसुकै परिस्थीतिमा सचेत भएर सोच्न र निर्णय लिन सक्छन् । स्प्राईटले उपभोक्तामाँझ प्यास मेटाउने एवं रिफ्रेस बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापना गरेको छ ।

स्प्राईटको यस टिभीसीले त्यस्ता व्यक्तिहरुको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिहरुलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्ता परिस्थीतिलाई प्रदर्शन गर्दै स्प्राईटले टिभीसी सार्वजनिक गरेको छ जसमा केहि व्यक्तिहरु गर्मीे याममा सरकारी कार्यलयको अगाडि लाईनमा बसिरहेका छन् । ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यहीँ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राईट बोकेका छन् ।

त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधै झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउँदै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यहीँ भिडको शुरुमै उभिएका अनमोल केसी (यस टिभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राईटको बोतल निकालेर एक घुट्को पिउँछन् । त्यसपछि उनी सिधै कर्मचारी भएको ठाँउमा गएर सीसीटिभीको निग्रानिमा भएको ज्ञात गराउँछन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउछन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुन सुकै परिस्थीतिमा काम लाग्ने एक मात्र आईडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थीतिमा पनि दिमागलाई सचेत राख्दछ ।

आफ्नो अनुभब सुनाउँदै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले स्प्राईट त्यस्तो पेय पदार्थ हो जसले तिर्खा मेटाउनुका साथै प्रतिकुल परिस्थीतिमा पनि ठन्डा राख्न र रिफ्रेस बनाउन सक्ने बताउनु भयो ।

२०७६ बैशाख ३ गते प्रकाशित

वि.सं.२०७६ जेठ ३ शुक्रवार १२:०५ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...