back
NMB ad

साधना र आर्थिक समृद्घि लघुवित्तको विशेष साधरण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनँहु जिल्ला भानु न.पा वडा नं ५ डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने बिशेष प्रस्ताब पारित सहित बिशेष साधारण सभा सम्पन्न गरेको छ ।

बिशेष साधारण सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मुल्याङ्गकन प्रतिवेनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पारित गरेको छ । उक्त साधारण सभाले एक्विजिसन पश्चात एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्ता पूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार

कामगर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताब पनि पारित गरेको छ । साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कुष्ण बहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्ला मात्र सिमित नरही राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा स्थापित हुने जानकारी गराउदै राष्ट्र बैक तथा नियमनकारी निकायहरुको निर्देशन बमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित गराई गाम्रिण दुरदराजमागई वित्तीय सेवाको साथै सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्ने उदेश्य रहेको बताउनु भयो ।

त्यस्तै गरि संचालक रमेश सापकोटाले एक्विजिसन पश्चात वित्तीय संस्थामा थप चुनौतिहरु बढेता पनि थप जिम्मेवारीका साथ गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने प्रतिवद्घ रहेको जानकारी गराउनु भयो र पुर्व संचालक हरि प्रसाद अर्याल, रविन अधिकारी र सुशिलकाजि बानियले आगमि दिनहरुमा पनि नियमनकारी नियाकहरुको परिवर्तित निर्देशन भित्र रहि सफलतापुर्वक संस्था संचालनगर्न संञ्चालक समितीलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैकको निर्देशन पश्चात लघुवित्तकै क्षेत्रमा यो एक्विजिसन पहिलो रहेको र यसलाई सफलतापुर्वक सम्पन्न गरि आगमि दिनहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरु सँग समेत मर्जर/प्राप्ति सम्वन्धमा छलफल गरि सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनुभयो ।

२०७६ जेठ २७ गते प्रकाशित

वि.सं.२०७६ जेठ २७ सोमवार ११:१६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...