back
NMB ad

इन्सुरेन्स कम्पनीको ३ लाख २२ हजार कित्ता सेयर लिलामी खुल्यो, कहिले सम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको असार ५ गतेदेखि ३ लाख २२ हजार ५७६ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असार १२ गतेसम्म बोलपत्र पेश गर्ने पाइनेछ ।

संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । संस्थापक सेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक सेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन् ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

गुराँस लाइफको बुधबार नेप्सेमा प्रतिकित्ता ५ सय ६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यही बजार भाउलाई ख्याल गरेर लिलामीमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १को अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४२४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...