back
NMB ad

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका कामदार फर्काइए

Kumari bank ad

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी मुहान क्षेत्रमा काम गर्न आएका निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनका कामदारलाई स्थानीय ठेकेदारले आफ्नो रकम भुक्तानी नदिएकोले काम गर्न नदिने भन्दै फर्काइदिएका छन् ।

सरकारबाट मुहानको हेडबक्स लगायतका काम गर्ने जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि कन्ट्रक्सनका मानिस फर्केको स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताएका छन्।

‘काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई हामीले आफ्नो समस्या र मागको बारेमा जानकारी गराएपछि माथि कुरा गर्ने भन्दै श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी फर्केका हुन्’, श्रेष्ठले भने ।

इटालेली कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन् ।

‘हामीले सल्लाहले नै आफूहरुले सिएमसीसँगको गरेको कामको पैसा मागेका हौँ, रु तीन अर्ब धरौटी जफत भएकाले त्यहीबाट भुक्तानी दिनुपर्दछ”, श्रेष्ठले भने ।

आफूहरुले सरकारसँग रकम नमागेको भन्दै आयोजना छिटो शुरु गर्न पहल होस् भन्ने आफूहरुको माग भएको उनले बताए । हाम्रो रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका छन् ।

साथै स्थानीय सरकारले पनि समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न खुलेर चेतावनी दिँदै आएको छ । खानेपानी आयोजनाको काम शुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गरेका छन् ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १३:०८ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...