back
NMB ad

२० प्रतिशत जनतासँग बिमाको पहुँच पुग्दै : चापागाई

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको छ । लिमिटेड प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालयको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिनु भएको छ । यूनियन लाइफले बबरमहलमा स्थापना गरेको प्रदेश नं. ३ अन्तर्गतको प्रादेशिक कार्यालयको आज बिहिबार शुभारम्भ गर्दै यूनियन लाइफले गरेको प्रगती अन्य कम्पनीहरुको लागि समेत मार्गदर्शन भएको बताउनु भयो । उहाँले देशमा बीमा ब्यावसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउदै नेपालमा बिमाको कभरेज २० प्रतिशत भन्दा बढी पुग्ने अवस्था रहेको बताउनु भयो ।

कम्पनीको प्रादेशिक कार्यालय उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीले छोटो समयमा निकै ठुलो सफलता प्राप्त गरेको उल्लेख गर्दै नियमनकारी निकाय बीमा समिति, संचालक समिति, कर्मचारीहरु, अभिकर्ताहरु र बीमितहरु प्रति आभार प्रकट गर्नु भयो । कम्पनीले हरेक त्रैमासिक अवधिमा इतिहास रच्दै आएको उल्लेख गर्दै आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म कम्पनीले १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेर बीमा क्षेत्रमा कम्पनीको प्रतिष्ठालाई उच्च बनाएको जानकारी गराउनु भयो ।

देशको संघिय ढाँचा अनुसार निकट समयमा कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देश भर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार ११:०० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...