back
NMB ad

नेपाल विद्युत प्राधिकरणले माग्यो भारी संख्यामा कर्मचारी

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक स्तरका पदमा गरी ६५१ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृत स्तरको पदका लागि १११ जना र सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्नेभएको हो ।
१०औं तहको प्रवन्धक पदमा सिभिल र इलेक्ट्रिक समुहका लागि प्राधिकरणले एक एक जनाको लागि दरखास्त आह्वान गरेको छ। यो पदका लागि नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्षको कार्यानुभव रहेको हुनु पर्ने उल्लेख छ । आठौ तहसम्मका पदमा कार्यानुभव हुनु पर्नेछ भने बाँकी पदका लागि आवस्यक नरहेको समेत बताइएको छ ।

प्राधिकरणले प्राविधिक तथा प्रशासन दुबै तर्फका रिक्त दरवन्दी पुर्ती गर्ने भएको हो। प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडरका लागि विज्ञापन खुला गरेको छ। क्षेत्रिय स्तरका कार्यालय तोकेरै कर्मचारी माग गरिएको हो ।

योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन्। दोब्बर दोस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ। सम्पुर्ण पदको परिक्षा लोकसेवा आयोगले लिनेछ। अधिकृत स्तरका पदका लागि १२०० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दश्तुर लाग्नेछ भने सहायक स्तरका पदमा तीन सय रुपैयाँदेखि ८०० रुपैयाँ सम्म लाग्नेछ। पदका आधारमा दश्तुर शुल्क फरक फरक रहेको छ। समावेशी समुहका लागि आवदेन दिनेले थप दश्तुर भुक्तानी गर्नु पर्ने हुन्छ।

प्राधिकरणले खुला पदपुर्ती सँगै आन्तरिक बढुवाका लागि पनि विज्ञापन खुला गरेको छ। विज्ञापनको सम्पुर्ण विवरण शुक्रबारको गोरखापत्रमा हेर्न सकिनेछ।

२०७६ असार १३ गते प्रकाशित

वि.सं.२०७६ असार १३ शुक्रवार १३:२९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...