back
NMB ad

सरकारी २४ अर्ब लिएर ठेकेदार कम्पनि बेपत्ता, खर्बौंको आयोजना अलपत्र

Kumari bank ad

काठमाडौं । न्यून मुल्य कबोल गरी ठेक्का हात पार्ने ठेकेदार कम्पनिले सरकारी २४ अर्ब लिएर बेपत्ता भएका छन् । आयोजनाका ठेक्का सम्झौता पछि पेश्कि चार्ज बापत लिन पाइने २० प्रतिशत अग्रिम भुक्तानी रकम लिएर आयोजनाको काम नै शुरु नगरी ठेकेदार कम्पनि गायब हुनाले अहिलेको अवस्था आएको हो ।

मोबिलाइजेसनको नाममा पेश्कि रकम लिएर भाग्ने मनसायले कम मुल्यमा ठेक्का कबोल गर्ने परिपाटि व्यापक पाइएका छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा प्रस्तुत अध्ययनका अनुसार हाल राज्यको १ खर्ब १८ अर्ब रुपैंयाँ बराबरको लगानीका आयोजना पेश्कि लिइसकेका ठेकेदार कम्पनि भागेकै कारण अलपत्र परेका छन् । साथै, २ वर्षमा हुनुपर्ने काम ७ वर्ष बितिसक्दा समेत सम्पन्न भएको छैन भने समयमा काम नहँुदा एउटै ठेक्काको ८ पटक सम्म म्याद थप भएको पाइएको आयोगको रिपोर्टमा उल्लेख छ ।

गत माघ सम्म भौतिक पूर्वाधार निर्माण सम्बन्धि काम गरिरहेका मन्त्रालय र निकायले लगाएको ठेक्का बारे आयोगले अध्ययन गर्दा यस्ता आयोजना १ हजार ८ सय ४८ रहेता पनि पछिल्लो समय यो तथ्यांकमा वृद्धि आएको अनुमान आयोगको छ । आफ्नो अनुगमन अति नै रुग्ण आयोजनामा मात्र केन्द्रित रहेको बताउँदै सडक विभाग , शहरी विकास, सिंचाई, विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, स्थानिय पूर्वाधार विभाग, खानेपानी तथा ढल निकास विभाग लगायतका आयोजता अति रुग्ण अवस्थामा अलपत्र रहेको आयोगले जनाएको छ । मोबिलाइजेसन बापत को पेश्कि लिएर भाग्ने ठेकेदार कम्पनिका साथै आयोजनाको क्का अघिका तयारी, आयोजनामा बजेट उपलब्ध गराउने, सुपरिवेक्षण एवं सहजिकरण गर्ने, गुणस्तर तथा खर्चको नियन्त्रण गर्ने र आफ्ना विभिन्न भुमिकाहरु निर्वाह गर्ने लगायतका पक्षमा सरकारी निकाय बाट नै पनि चरम लापरबाहि भएको अख्तियारले ठहर गरेको छ ।

रुग्ण आयोजनालाई एक वर्षको समय थप दिने सरकारी नियम ल्याएसँगै यसको आडमा धमाधम आयोजनाको म्याद थपका लागि विकासे अड्डाले ठेकेदारसँग प्रक्रिया अगाडि बढाएका छन् । ठेक्का अवधि निर्धारणमै गल्ति र ठेक्का सम्झौताका शर्तहरुको पालनामा समेत लापरबाही भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । समयमा नै काम सम्पन्न नहुँदा सर्वसाधारणको जनजीवनमा नकारात्मक असर पर्नुका साथै राज्यलाई ठुलो क्षति भइरहेको छ, आयोगले भनेको छ ।

२०७६ असार २३ गते प्रकाशित

वि.सं.२०७६ असार २३ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...