back
NMB ad

स्वावलम्बन लघुवित्तको तीन लाख ७७ हजार ४५७ कित्ता संस्थापक शेयर महिला सहकारीले बिक्री गर्ने

Kumari bank ad

काठमाडौं। आफ्नो नाममा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको तीन लाख ७७ हजार ४५७ कित्ता संस्थापक शेयर महिला सहकारी संस्थाले बिक्री गर्ने भएको छ। सहकारीको हाल यस संस्थामा ६.०१ प्रतिशत हिस्सा रहेको छ।

राष्ट्र बैंकको निर्देशन बमोजिम सहकारीले आफ्नो नामको शेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको हो।

असार ३१ गतेदेखि साउन २९ गतेसम्म बोलकबोल लिलामको लागि संस्थाले शिलबन्दी बोलपत्र आह्वान गरेको हो। विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाले न्युनतम मूल्य प्रति शेयर तीन सय रुपैयाँदेखि बोलकबोल गर्न सक्ने संस्थाले जनाएको छ ।

बोलपत्र आवेदनको लागि न्युनतम १०० र अधिकतम बिक्री खुला गरिए बराबरकै लागि पाइनेछ। तर हाल कायम शेयरधनीहरुको हकमा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको अधिकतम सीमा नाघ्ने गरि आवदेन दिन पाइने छैन।

संस्थापक शेयरधनी हुन चाहने लगानीकर्ताले कालो सूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण खुलाउनु पर्ने हुन्छ। यसका साथै आवेदकले बहालवाला कर्मचारी नरहेको, ऋणी नरहेको, बहालवाला लेखापरिक्षक नरहेको, संञ्चालक नरहेको, सल्लाहकार नरहेको, यस वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा नरहेको र यस वित्तीय संस्थासँग निजी स्वार्थ रहेको व्यक्ती फर्म कम्पनी नरहेको स्वघोषणा गर्नु पर्ने बताइएको छ ।

यस अगाडि संस्थाको संस्थापक शेयरको कारोबार प्रतिकित्ता ७२८ रुपैयाँमा भएको थियो। संस्थाको चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ। प्रति शेयर आम्दानी ६० रुपैयाँ छ।

दोस्रो बजारमा संस्थाको बजार मूल्य ८८४ रुपैयाँ छ। दोस्रो बजार लगातार घट्ने क्रममा संस्थाको संस्थापक शेयर र सर्वसाधार शेयरको मूल्यमा खासै फरक देखिँदैन।

२०७६ असार २४ गते प्रकाशित

वि.सं.२०७६ असार २४ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...