back
NMB ad

नायिका शिल्पा पोखरेलद्धारा श्रीमान विरुद्ध प्रहरिमा उजुरी

Kumari bank ad

काठमाडौं । फिल्म क्षेत्रका व्यक्तिहरुको बाहिरी रुप जे जस्तो देखिएता पनि भित्रि पाटोको हिसाबकिताब गर्ने हो भने प्राय: जसो बेमेल कै अवस्था भएका भेटिन्छ भन्दा अत्युक्ति नहोला । यस क्षेत्रमा लागेका केहि व्यक्तिको त ब्रेकअप र प्याचअप होस् वा सम्बन्ध विच्छेद र बहुविवाहको कुरा होस् , यसको हिसाब गरिसाध्य छैन ।

यस्तै मध्ये अग्रपंक्तिमा आउँछन् चलचित्र निर्माता छबी ओझा । तेस्रो श्रीमति रेखा थापासँग सम्बन्ध विच्छेद गरेका ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । हाल तिनै नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको स्रोतले जनाएको छ ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेर ओझा निवास भित्रिएता पनि शिल्पा र छविराजले आफ्नो बिबाहलाई लामो समय लुकाएका थिए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बोलेका पनि थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...