back
NMB ad

पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु

Kumari bank ad

काठमाडौं । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुगेको थियो । आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाइएको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । ‘अमलेखगन्जका लागि पाइपबाट डिजेल छाडिएको हो, उनले भने ।

पाइपलाइनबाट आउने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने नखन्याइने र ‘डिजेल पाइपमै राखिने यादवले बताए । उनले भने, ‘उद्घाटनको दिन मात्र भल्ब खोलेर डिजेल पाइपबाट भण्डारणगृहमा पठाइनेछ ।’ पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको छ ।

यादवका अनुसार पटनास्थित आइओसीको पटना रिफाइनरीबाट भने मंगलबार बिहान मोतिहारीका लागि डिजेल पठाइएको थियो । पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर डिजेल छाडिएको थियो । यस्तो अवस्थामा पाइपको तल्लो भागमा पानी रहने भएकाले डिजेलमा समेत मिसिएको हुन्छ । त्यसैले मोतिहारीमा रोकेर शुद्धीकरण गरेपछि मात्रै अमलेखगञ्ज पठाइएको यादवले बताए ।

‘पटनाबाट पानी मिसिएर आएको डिजेल मोतिहारीमा शुद्धीकरण गरियो,’ उनले भने, ‘त्यसपछि मोतिहारी–अमलेखगन्ज रुटको पाइपलाइनमा उक्त डिजेल छाडिएको हो ।’ यो रुटमा पनि पाइपलाइन सफा गर्दा तल्लो भागमा केही पानी जमेको छ । सुरुमा आउने करिब एक हजार लिटरमा डिजेल र पानी मिसिने आकलन गरिएको छ । त्यसैले सुरुको करिब एक हजार लिटरलाई अमलेखगन्ज डिपोमा रहेको ८ नम्बर ट्यांकीमा पठाइने यादवले बताए । ‘त्यहाँ पठाएको डिजेललाई पानीसँग अलग गर्ने प्रविधि छ,’ उनले भने, ‘डिजेललाई ११ नम्बर ट्यांकीमा पठाउँछौँ, त्यहाँबाट ट्यांकरमा लोड गरेर बजार पठाउने हो । पानीलाई पनि बाहिर निकास दिइन्छ ।’

पानी मिसिएको डिजेल सकिएको जानकारी कम्प्युटरमै जानकारी हुने यादवले बताए । ‘पूरै पाइपलाइनलाई अफिसमा रहेको कन्ट्रोल रुमबाट नियमन गरिन्छ, यसका लागि पाइपसँगै इन्टरनेटको तार टाँगिएको छ,’ यादवले भने, ‘सो तारका माध्यमबाट पाइपमा कति डिजेल आइरहेको छ, मिसावटको स्थिति के छ, कति प्रेसरमा आएको छ भन्ने सबै जानकारी हुन्छ ।’

कन्ट्रोल रुमको कम्प्युटरमा पानी मिसिएको डिजेल सकिएको जानकारी आएपछि अमलेखगन्जको भल्ब बन्द गरिने उनले बताए । ‘त्यसपछि यो भल्ब त्यतिवेला मात्र खुल्छ, जुन वेला उद्घाटन हुन्छ,’ उनले भने पटना रिफाइनरीबाट एक वर्षसम्म अमलेखगन्जका लागि तेल पठाइन्छ । यो अवधिसम्म प्रतिघन्टा २ लाख लिटर डिजेल आयात हुनेछ । एक वर्षपछि आइओसीले मोतिहारी डिपो सुदृढ गरी तयार गर्नेछ । त्यसपछि मोतिहारीबाटै अमलेखगन्जका लागि तेल पठाउँदा प्रतिघन्टा करिब ४ लाख लिटरसम्म आयात हुनेछ ।

ओली–मोदीबाट उद्घाटन गराउने योजना

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने गरी गृहकार्य अघि बढेको छ । उद्घाटन मिति, समय र कुन स्तरका अधिकारीले गर्ने भन्ने विषय टुंगो लगाउन दुवै देशका कर्मचारी सम्मिलित कमिटी नै बनेको छ । सो कमिटीको पहिलो बैठक बसिसकेको छ । स्रोतका अनुसार १५ अगस्ट ९३०० साउनभित्रै उद्घाटन गर्ने गरी दुवै देशका प्रधानमन्त्रीको समय मिलाउने प्रयास भइरहेको छ । दुवै देशका प्रधानमन्त्री एकै ठाउँमा उभिएर स्विच थिचेर उद्घाटन गराउन कमिटी क्रियाशील छ । ‘यो सम्भव नभए भारतीय प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेपछि मोतिहारीबाट तेल पठाउने र नेपालका प्रधानमन्त्रीले काठमाडौंमा स्विच थिचेपछि अमलेखगन्जको डिपोमा तेल झर्ने गरी उद्घाटनको कार्यक्रम बनाउने प्रयास भइरहेको छ,’ स्रोतले भन्यो ।

अढाईवर्षे परियोजना डेढ वर्षमै सकियो

नेपाल–भारत क्रसबोर्डर पाइपलाइन निर्माणका लागि सन् २००४ मा आइओसी र निगमबीच सम्झौता भएको थियो । त्यसको एक दशकसम्म बहसमा सीमित भयो । ७ भदौ ०७२ मा पाइपलाइन निर्माणका लागि भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका तर्फबाट तत्कालीन आपूर्तिमन्त्री सुनील थापाबीच काठमाडौंमा सम्झौता भएको थियो । लगत्तै मधेस आन्दोलन र भारतको नाकाबन्दीले परियोजना अघि बढ्न सकेन ।

पुस ०७४ बाट आइओसीले मोतिहारी डिपोबाट निर्माण सुरु गरेको थियो । त्यतिवेला नेपालपट्टि पनि निर्माण सुरु गराउन विभिन्न सामग्री आइओसीले खसालिदिएको थियो । निर्माण सुरु भएको तीन महिनापछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका वेला समकक्षी नरेन्द्र मोदीसँग मिलेर शिलान्यास गरेका थिए । १८ महिनामा ९असार, ०७६० मा पाइपलाइन तेल आयातका लागि तयार भएको छ ।

पाइपलाइनको लागत तीन अर्ब २४ करोड भारु

पाइपलाइन निर्माण गर्न दुई अर्ब भारु लाग्ने अनुमान गरिएको थियो । सो रकम आइओसीले व्यहोर्ने सम्झौता भएको थियो । पाइपलाइनबाट तेल खसाल्न मिल्ने गरी अमलेखगन्ज डिपो सुदृढीकरण गर्न थप ७५ करोड रुपैयाँ लाग्ने र उक्त रकम नेपालले व्यहोर्ने भनिएको थियो । तर, डिपो सुदृढीकरणसहित सबै खर्च आइओसीले व्यहोरेको छ । कुल खर्च ३ अर्ब २४ करोड भारु देखिएको छ ।

उद्घाटन नहुन्जेल पाइपमै राखिनेछ तेल

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लम्बाइ ६९।२ किलोमिटर छ । यसमध्ये नेपालपट्टि ३७।२५ किलोमिटर र भारतपट्टि ३२।६५ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । यो पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन्छ । ‘उद्घाटनका लागि तेल रिजर्भ गरेर राख्दा ३६ लाख लिटर पाइपमै बस्ने देखिन्छ,’ यादवले भने, ‘यसमध्ये नेपालतर्फको पाइपमा १९ लाख लिटर मौज्दात रहन्छ ।

२०७६ साउन २ गते प्रकाशित

वि.सं.२०७६ साउन २ बिहीवार ०८:४२ मा प्रकाशित

You can share this post!

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...