back
NMB ad

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक बढोत्तरी

Kumari bank ad

काठमाडौं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाको खुद नाफामा आकर्षक बढोत्तरी भएको छ। आज सार्वजनिक भएको वित्तीय विवरणमा कम्पनीको खुद नाफा ७७.६१ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तले १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको हो। एक वर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको छ।

शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडा कोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ।

माइक्रोफाइनान्सले एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप असार मसान्तसम्ममा संकलन गरेको छ । साथै २ अर्ब ९७ करोड ६२ लाख सापटी गरी कुल ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख पुर्याएको छ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपातमा समेत सुधार भएको छ। अघिल्लो आर्थिका वर्षको असार मसान्तमा १.३३ प्रतिशतको निष्कृय कर्जा अनुपात गत असार मसान्तमा १.२० मा झरेको छ।

उच्च पूँजीवृद्धिका कारण माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी भने ३३ रुपैयाँ १२ पैसाबाट २५ रुपैयाँ ४८ पैसामा संकुचन भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०७ पैसा छ र मूल्य आम्दानी अनुपात १९.२३ गुणा छ।

राष्ट्रिय स्तरको यस लघुवित्तले पूँजी बढोत्तरी पश्चात अन्य लघुवित्तसँग मर्जरका लागि मर्जर कमिटी समेत गठन गरेको छ। संस्था मर्जर तथा प्राप्तीबाट संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धा तथा कर्जामा दोहोरोपनमा कमी आउने हुँदा आगामी दिनमा अझ प्रगति गर्दै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नेमा केन्द्रित रहेको देखिन्छ ।

२०७६ साउन १४ गते प्रकाशित

वि.सं.२०७६ साउन १४ मंगलवार १३:१५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...