back
NMB ad

२०२१ सालको नापी पुरानो भयो ,फेरि देशभर नापी गरिने

Kumari bank ad

काठमाडौं । २०२१ सालको नापी पुरानो भएको भन्दै मुलुकमा फेरि देशभर नापी गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले देशभर फेरि नापी गर्ने तयारी भइरहेको जानकारी गराउनु भएको छ ।

मन्त्री अर्यालले साँखुमा आधुनिक प्रविधियुक्त मालपोत कार्यालय उद्घाटन गर्दै २०२१ सालको नापी पुरानो भएको बताउनु भएको हो ।
‘पहिलाको नापी अनुपयुक्त भइसकेको छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण अब फेरि नापी गर्नुपर्ने अवस्था देखिएको छ । सरकारले फेरि नापी गर्नको लागि प्रकृया अगाडि बढाइसकेको छ ।’

भूमि व्यवस्था मन्त्रालयका अनुसार मुलुकमा २ करोड ८० लाख जग्गाधनी छन् । १ सय २६ मालपोत कार्यालयबाट जग्गा किनबेच तथा नामसारी हुँदै आएको छ । त्यसमध्ये ७६ वटा कार्यालयमा कम्युटर प्रणाली अपनाइएको छ । मन्त्री अर्यालले काठमाडौं कलंकी, साँखु र भरतपुरसहित ४ कार्यालय अत्याधुनिक प्रणाली अपनाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौ क्षेत्र नम्बर २ का सामानुपाकि सांसद सरिता न्यौपाने, प्रदेश सांसद मणिराम फुयाँल, मन्त्रालयका सचिव गोपीनाथ मैनाली र शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ लगायतका वक्ताले मालपोत मुलुकभरीको सम्पति लेखाजोखा गर्ने निकायले यसलाई सुरक्षित ढंगले संचालन गर्नुपर्ने बताउनु भयो ।

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...