back
NMB ad

अत्याधुनिक प्रबिधीको क्यान्सर उपचार सेवा नेपालमै

Kumari bank ad

काठमाडौं । अब अत्याधुनिक प्रबिधीको क्यान्सर उपचार सेवा नेपालमै पाइने भएको छ । अत्याधुनिक प्रबिधीको लिनायक मेशिन नेपालमा ल्याइएसँगै सो बाध्यता हटेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारमा अत्याधुनिक प्रबिधी लिनायक मेशिनबाट सेवा सुरु भएको हो। क्यान्सरका बिरामीको उपचारका लागि सोमबारबाट मेसिन सञ्चालनमा ल्याइएको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताएका छन् । अस्पतालमा आएका बिरामीले अब अत्याधुनिक प्रबिधीको क्यान्सर उपचार सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको श्रेष्ठले दावी गरे।

लिनायक सेवाबाट नीजी अस्पतालमा एउटा कोर्सको उपचार गर्दा एक लाख देखि तीन लाख सम्म पर्ने गरेपनि भक्तपुर क्यान्सरमा ४० हजारमात्र पर्ने पनि श्रेष्ठको दाबी छ । मेसिन जडान कार्यक्रममा अस्पताल सञ्चालक समितिका कृष्ण प्रसाद ताम्राकार, संस्थाका महासचिव बिमल कुमार होडा, क्यान्सर विशेषज्ञ डा। उज्जवल चालिसे लगायतका चिकित्सकको सहभागिता थियो।

भक्तपुरको क्यान्सर अस्पतालले अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन भित्रयाएको ६ महिनामा मेसिन सञ्चालनमा ल्याएको हो । करीब १८ करोड पर्ने यो मेशिन माघ महिनामा नेपाल ल्याइएको थियो । नेपाल सरकारले ५ करोड अनुदान उपलब्ध गराउने भनेपनि सहयोग रकम प्राप्त नभएको गुनासो अस्पतालको छ ।

भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने, क्यान्सरको उपचारमा कोबाल्ट ६० ले भन्दा पनि बढी र प्रभावकारी सेवा दिनुका साथै क्यान्सरको उपचारमा हुने नकरात्मक असरलाई कम गर्ने भक्तपुर अस्पतालले जनाएको छ। यो सेवा सुरु भएपछि गरीब तथा मध्यम बर्गमा उपचार सेवा सस्तो र सहज रुपमा पुग्ने अपेक्षा अस्पतालको छ। यसैगरी चाडै नै क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण कोबाल्ट ६० विथ सिमुलेटर पनि भारतबाट आउने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भाभाट्रोन रेडियो थेरापी उपकरण निःशुल्क प्रदान गर्ने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले बताए। रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना पालो कुर्नु पर्ने बाध्यता रहेको थियो ।

पुरानो मेशिनबाट हाल दैनिक एक सय देखि १ सय १५ जनासम्मको थेरापी हुँदै आएको छ। हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ५ सय जनाभन्दा बढी बिरामी आउने गरेका अस्पतालले जनाएको छ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...