back
NMB ad

भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो ।

उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताउनुभयो ।

राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा.खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग/व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ ।”

अर्थमन्त्रीले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिनुभयो ।

अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिँदै बिल बिजकका समस्या उद्यमी–व्यवसायीबाट उत्पन्न हुन नहुनेमा जोड दिनुभयो ।

विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, नेपालगञ्ज, विराटनगर र वीरगञ्जजस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको बताउनुभयो । रासस

२०७६ साउन १६ गते प्रकाशित भएको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...