back
NMB ad

१० वटा बैंकलाई ब्रोकरको काम गर्न राष्ट्र बैंकले दियो अनुमति

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डले प्रक्रिया पूरा गरेर तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन अनुमति दिएको छ । बैंकहरुले सहायक कम्पनी खोलेर उपत्यका बाहिर ब्रोकर सेवा उपलब्ध गराउन सक्नेछन् । ब्रोकर सेवा उपलब्ध गराउन वाणिज्य बैंकहरु पनि इच्छुक देखिएका छन् ।

ञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ वटाले ब्रोकर सेवा उपलब्ध गराउन अनुमति माग्दै राष्ट्र बैंकमा निवदेन दिएका छन् । यसमध्ये राष्ट्र बैंकले १० वटा बैंकलाई ब्रोकरको काम गर्न अनुमति दिइसकेको छ ।

यसैगरी अरु आवेदन दिएका अन्य बैंकहरुका बारेमा पनि अध्ययन गर्ने कार्य भइरहेको केन्द्रीय बैंकले जनाएको छ । ब्रोकरको काम गर्न अनुमति पाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमान्डू, एनआइसी एसिया, कुमारी, सिद्धार्थ बैंक रहेका छन् । यसैगरी, ग्लोबल आइएमई, जनता, मेगा, सेन्चुरी र सानिमा बैंकले पनि राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन् ।

राष्ट्र बैंकबाट अनुमति पाएका बैंकहरुले अब सहायक कम्पनी खोल्नुपर्नेछ । त्यसपछि नेप्सेले आवश्यक अध्ययन गरी क्रमशः अनुमति दिंदै जानेछ । प्रक्रिया पूरा गरेर आएका बैंकहरुलाई केही समयपछि नै अनुमति दिने तयारी भइरहेको नेप्सेले जनाएको छ ।

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...