back
NMB ad

इटहरीका गाँउ गाँउमा विकासको लहर

Kumari bank ad

 इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गर्नुभएको छ । एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजिनामा दिने वताउनुभएको छ ।

इटहरीमा सडक निर्माणको कामले गाँउ गाँउमा तिव्रता लिएको वताउनुभयो । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई पिच वाटोले जोडने छ । उपमहानगरका गाँउ गाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य वाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उहाँले वताउनुभयो । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भन्नुभयो “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।”

गत बर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाईनै प्राथमिकता दिएको छ । उहाँले वाहय चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकार सँग आग्रह गर्नुभएको छ । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर वनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले वताउनुभयो । ब्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको,सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाउनुभयो । उहाँले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खालीनै जाने वताउनुभयो । तर उपमहानगरमा रहेका वेथिती हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुरयाउने वताउनुभयो ।

मेयर चौधरीले चलाउनुभएको भ्रष्टाचार विरोधी अभियानलाई सस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक,शैक्षिक,आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उहाँले उपमहानगरवासीलाई आग्रह गर्नुभयो । आफू सँवै पक्षसँग सहकार्य गरेर अघि वढने उहाँको भनाई छ ।

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...