back
NMB ad

लमजुङमा डेढ अर्बभन्दा बढी बजेट फिर्ता

Kumari bank ad

लमजुङ । लमजुङमा विकास निर्माणका लागि संघ र प्रदेश सरकारबाट विनियोजित १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ ।

आर्थिक वर्ष २०७५(७६ मा संघ र प्रदेश सरकारले ७ अर्ब ७५ करोड ७९ हजार रुपैयाँ विनियोजन गरेकोमा कुल बजेटको १९ दशमलव ४७ प्रतिशत अर्थात १ अर्ब ५० करोड ९० लाख ६५ हजार फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार विकास निमार्णका लागि आएको पुँजीगततर्फको अधिकांश बजेट फिर्ता भएको हो । कर्मचारीको अपर्याप्तता, समयमै योजना कार्यान्वयनमा चासो नहुनु र कार्यालयहरूले समयमै काम गर्न नसक्दा जिल्लाबाट ठूलो रकम फिर्ता भएको बताइएको छ ।

स्थानीय तहवाहेक जिल्लाका विभिन्न सरकारी कार्यालयबाट कार्यान्वयन हुने गरी संघ र प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ८० दशमलव ५३ प्रतिशत अर्थात ६ अर्ब २४ करोड १० लाख १४ हजार बजेट मात्र खर्च भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।

निकासा भएको अधिकांश बजेट पनि आर्थिक वर्षको अन्त्यमा मात्र खर्च हुने गरेको छ । यता विषयगत कार्यालयहरूले भने केन्द्र र प्रदेशले ढिलो गरी बजेट पठाएका कारण पनि बजेट कार्यान्वयमा चुनौती देखिएको बताएका छन ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...