back
NMB ad

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबाट आयो निम्ता

Kumari bank ad

काठमाडौं । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमार्फत मठका शङ्कराचार्यले सो निम्ता दिनुभएको हो । यसअघि गत गुरुपूर्णिमाका अवसरमा निम्तो दिइए पनि प्रधानमन्त्री ओली त्यहाँ पुग्न सक्नुभएको थिएन । हिन्दूधर्मका चारधाम बद्री, केदार, रामेश्वर र जगन्नाथ धाममध्ये उडिसामा जगन्नाथ र गोवद्र्धन मठ पर्छन् ।

प्रतिनिधिमण्डलमा समाजका उपाध्यक्ष धर्मराज बराल, महासचिव पुष्पराज पराजुली, समाजका सदस्य तथा अन्तरराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनाल, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, सदस्य पुष्कर आचार्य, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत हुुनुहुन्थ्यो । समाजले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी शिवरात्रि वा कुनै अनुकूल समयमा नेपालको भ्रमणका लागि पुरीका शङ्कराचार्यलाई निमन्त्रणमा पनि दिएको छ । गोवद्र्धन मठका १४५ औँ शङ्कराचार्य निश्चलानन्दले नेपाल (जनकपुर, काठमाडौँ र वीरगञ्ज) को दुई पटक भ्रमण गरिसक्नुभएको छ । गत वर्ष उहाँलाई प्रधानमन्त्री ओलीकै आतिथ्यतामा शहीद मञ्च टुँडिखेलमा अभिनन्दन पनि गरिएको थियो ।

सो अवसरमा मठका शङ्कराचार्यले आफू गत वर्ष नेपाल आउँदा प्रधानमन्त्री ओलीले आफ्नो साधुताको परिचय दिएको र उहाँसँग निकै ज्ञान रहेको आफूले पाएको अनुभव सुनाउनुभयो । उहाँले नेपालको अवस्था बिग्रेमा भारत पनि सुरक्षित नहुने बताउँदै जानकीलगायत धेरै देवदेवीको जन्मभूमि नेपालको संरक्षणमा जोड दिनुभयो । उहाँले नेपालका ५० औँ हिन्दू सङ्घसंस्थालाई एक हुन आग्रह गर्दै तर अनावश्यक शक्ति प्रदर्शन नगर्न र व्यूहरचना गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

शङ्कराचार्यका उत्तराधिकारी निर्विकल्पनानन्दले केही नेपाली हिन्दू नेतृत्वमा व्यक्तिगत र गुटगत स्वार्थ देखिएको बताउँदै आफूहरुले शङ्कराचार्यको भावना उतार्ने सत्यनिष्ठ व्यक्तिको खोजी गरिरहेको स्पष्ट गर्नुभयो । सोही अवसरमा पशुपतिनाथका मूलभट्ट गणेश रावलले पठाउनुभएको पशुपतिनाथको प्रसाद र शङ्कराचार्यको स्वास्थ्यलाभको कामना गरिएको पत्र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष खनालले शङ्कराचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री बाँस्तोलाले ‘नीलाचल से नेपाल तक’(समुद्रदेखि नेपालसम्म) नामक ब्यानरको नेपाल भवन जगन्नाथ धाममा अनवरण गर्नुभयो । जगन्नाथधाम चेतना गवेषण प्रतिष्ठानले स्थापना गरेको ब्यानरमा जगन्नाथदेखि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण र दर्शनका लागि आह्वान गरिएको छ ।

यस्तै नेपाली प्रतिनिधिमण्डललाई जगन्नाथ धामका मूल पुजारी जनार्दन पात्र जोशी महापात्र चित्तसनिजोक नायकले जगन्नाथधामको ध्वजा उपहार दिनुभएको थियो । (रासस)

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार ०९:५८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...