back
NMB ad

सामुदायिक लघुवित्तको खुद नाफामा ५६.९६%को बढोत्तरी

Kumari bank ad

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ५६.९६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरण अनुसार संस्थाले आव. २०७५/७६ मा २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ८८ लाख ६९ हजार रुपैयाँ बढी कमाउन सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ६ करोड ३२ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले गति लिएको देखाउँछ । संस्थाको सञ्चालन मुनाफा ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ करोड १० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ५१ लाख ३७ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २२ लाख ३४ हजार रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले ४४ करोड ७६ लाख रुपैयाँ सापटी लिई ९१ करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३९ करोड ६० लाख रुपैयाँ सापटी लिई ७१ लाख ९० लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ नै थियो ।

अघिल्लो वर्ष ४ करोड ७८ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर ५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी २४.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.७७ गुणा र प्रतिसेयर नेटवर्थ १५५.४४ रुपैयाँ रहेको छ ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार ०८:५६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...