back
NMB ad

एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार कित्ता सेयर लिलामीमा आउने

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार ७ सय ८० कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले ३ लाख ८३ हजार २ सय ५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५ सय ७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७ सय ८० कित्ता लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । तर यसमध्ये ७६ लाख ८९ हजार ६ सय ९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । त्यस बेला बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याउन लागिएको हो ।

साउन २९ गतेदेखि बोलपत्र आवेदन खुला हुनेछ भने भदौ ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने हुन्छ ।

यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन सकिने छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ ।

सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

लिलामी मार्फत सबै सेयर बिक्री भएपछि यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...