back
NMB ad

२ करोड माग्दै गाउपालिका अध्यक्षकालाई धम्क्याउनेलाई प्रहरीले गोलि हानि प्रकाउ

Kumari bank ad

काठमाडौं । टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको छ । प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ ।

बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो । रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिएका थिए ।

राजधानीमा रहेर धम्की दिँदै आएका उनलाई पक्रन गएको महाशाखाको टोलीले गोली चलाएको हो । उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाले बताए । गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...