back
NMB ad

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Kumari bank ad

काठमाडौं । भारतबाट अवैध रुपमा ल्याएको समान छुटाउन प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै सिरहा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–७ ट्राफिक चौकमा चेकजाँच गरिरहेको प्रहरी टोलीलाई भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा छुटाउन आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले सिरहा नगरपालिका–५ निवासी ४५ वर्षीय मोहम्मद मुमताजलाई पक्राउ गरेको हो । सो क्रममा अवैध रुपमा ल्याएको सामानसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–७ ट्राफिक चौकबाट बिना कागजपत्र ल्याएको २२ थान अवैध भैंसी र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले ना२ख ८५५५ नंको एलपी ट्रकमा ल्याउँदै गरेको लैनो भैँसी ११ र पाडारपाडी ११ वटासहित ट्रक चालक मोरङको सुन्दर हरैचा नगरपालिका–२ निवासी ३२ वर्षीय सञ्जयकुमार चौधरी र भैँसी धनी सिरहाको नगरपालिका–१२ निवासी ५२ वर्षीय इनकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेको करीब रु तीन लाख ५० हजार मूल्य बराबरको भैँसी र रु ६ लाख मूल्य बराबरको सो ट्रक आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडर, सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । रासस

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १३:०१ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...