back
NMB ad

अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो, गाउँ नै उठीवास लाग्ने चिन्ता

Kumari bank ad

काठमाडौं । गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो । स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन ।

अन्द्राडी जिल्लाकै सर्वाधिक विकट र दुर्गम गाउँ हो । जिल्ला सदरमुकाम मार्तडीबाट पैदल हिँडेरै दुई दिन लाग्ने गर्छ । गाउँपालिकाको केन्द्र घटमुनाबाटै हिँडेर डेढ दिन लाग्ने गरेको अन्द्राडी नजिकै अम्लीसगाउँका स्थानीयवासी हिक्मत रोकायाले बताउनुभयो । गाउँमा ३५ परिवारको बसोबास छ । तलतिर खोला र माथि जङ्गलसहितको पहाड छ । माथिको पहाड पहिरोसँगै बग्न थालेपछि सिङ्गो गाउँ नै त्रसित बनेको छ । रातभर ननिदाएरै जागराम बस्नुपरेको स्थानीयवासी धनबहादुर बोहराको भनाइ छ ।

गएको आइतबार रातिबाट पहिरो बग्न थाले पनि गाउँपालिकालाई दुई दिन ढिलो गरी जानकारी गराइएको हो भने स्थानीय प्रशासन र अन्य निकायले पनि ढिलो गरी जानकारी पाएका हुन् । पहाडको भित्री खोंचमा पर्ने गाउँ टेलिफोन सेवाको समेत पहुँच छैन । टेलिफोन सम्पर्कका लागि अर्को स्थानमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता स्थानीयवासीसँग रहेको छ ।

गाउँका १५ घरपरिवार एकातिर र अरु परिवार एकातिर हुने गरी बीचमा पहिरो बगिरहेको छ । तीमध्ये १३ परिवारले तत्काल घर छाड्नुपर्ने अवस्था छ । नजिकै गोठ छाना पनि नभएको र सबै परिवार गएर बस्न मिल्ने ठूलो चौर नहुँदा घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको दुखेसो छ ।

सिङ्गो घर छोडेर टाढा जाने अवस्था पनि छैन, भएभरको श्रीसम्पत्ति घरमै छ, त्यो सबै त्यागेर अन्यन्त्र जान पनि स्थानीयवासी तयार नरहेको धनबहादुर बोहराले बताउनुभयो । स्थानीयवासी पानी आए पनि नआए पनि रातको समयमा जागराम बस्ने गरेका छन् । ढिलोचाँडो जे भए पनि सिङ्गो गाउँ पहिरोसँगै बग्ने अवस्था छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापा भने पहिरोको अवस्था अध्ययन गरेर फर्किएकी छन् । अन्द्राडीसहित अन्य धेरै गाउँहरु उच्च जोखिममा रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक पहल गरिने उपाध्यक्ष थापाले बताउनुभयो । स्थानीय पहिरोको पर्खाइमा बस्नुपरेको जस्तो अवस्था छ । गौमुल गाउँपालिका–६ टुनिमा पहिरो गएर दुई आमाछोरीको मृत्यु भएको दुई दिनपछि अन्द्राडीमा पहिरो बग्न शुरु भएको हो ।

घाम लागेको बेला रोकिएजस्तो भए पनि पानी पर्ने बित्तिकै पहिरो बग्ने गरेको छ । जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई अर्को स्थानमा सार्न पहल थालिएको वडा सदस्य हर्क बोहराले जानकारी दिनुभयो । पहिरोकै कारण यतिबेला जिल्लाका सयौँ बस्ती उच्च जोखिममा छन् । एकीकृत बस्ती विकास गर्ने भनिए पनि राज्य मौन देखिएको छ । रासस

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १३:११ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...