back
NMB ad

यो साता दुई अर्ब २८ करोडको शेयर कारोवार

Kumari bank ad

काठमाडौं ।  धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ।

आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। बिहीबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो। बिहिबार ५९ करोड पाँच लाख ८८ हजार २३९ रुपैयाँ मूल्यमा खरीदबिक्री भएका थिए।

यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५।०९ मा पुगेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो। स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए।

मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो। सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो। सो दिन कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ५४ करोड सात लाख ५५ हजार १८२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

बुधबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो। परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन। कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँमा खरीदबिक्री भए।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो। कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा खरिदबिक्री भए। रासस

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १५:३९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...