back
NMB ad

नेप्सेः लगानी कर्ताको ३४ अर्ब एक सातामै यसरी गुम्यो

Kumari bank ad

काठमाडौं । शेयर बजारका लगानीकर्ताले साउनको तेस्रो सातामा ३४ अर्ब रुपैयाँ बराबरको सम्पति गुमाएका छन् । अघिल्लो साता नेपाल स्टक एक्सचेन्जको समग्र बजार पूँजीकरणमा यस साताको घटाई हिसाब गर्दा ३४ अर्ब गुमेको आँकडा देखिएको हो  ।

अघिल्लो साता र  यस साताको तुलना गर्दा यस साता शेयर बजारबाट ३३ अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण गुमेको देखिएको हो । यसै साता सूचीकरण भएको रसुवागढी र साञ्जेनको पहिलो कारोबारमूल्यलाई आधार मान्दा सबै सूचीकृत कम्पनीहरुको गरि सो रकमको पूँजीकरण गुमेको हो।

यसै साता कारोबार खुलेको रसुवागढी र साञ्जेन जलविद्युतको पनि ठूलो पूँजीकरण गुमेको छ। दुबै कम्पनीको गरि कूल ६ अर्ब ५३ करोड ६० लाखको बजार पूँजीकरण घटेको छ । तीन दिन लगातार ऋणात्मक सर्किट लाग्दा दुई कम्पनीको सो रकम बराबरको पूँजीकरण गुमेको हो।

यसै साता रसुवागढीको १७ अर्ब ६१ करोड १५ लाख र साञ्जेनको ९ अर्ब ४६ करोड ८ लाख गरि २७ अर्ब ७ करोड २३ लाख पूँजीकरण थपिएको थियो। प्रतिकित्ता २८६ रुपैयाँमा कारोबार खुलेको रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता शेयर र प्रतिकित्ता २८८ रुपैयाँमा कारोबार खुलेको साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता शेयरमूल्यको आधारमा २७ अर्ब ७ करोड २३ लाख बराबरको पूँजीकरण शेयर बजारमा थपिएको हो।

थपिएको २७ अर्ब ७ करोड २३ लाख र गत साता रहेको १५ खर्ब ७४ अर्ब २८ करोड ४८ लाख पूँजीकरण जोड्दा १६ अर्ब १ अर्ब ३५ करोड ७१ लाख पूँजीकरण हुनुपर्नेमा साताको अन्तिम कारोबार दिन बिहीबार कूल पूँजीकरण १५ खर्ब ६७ अर्ब ४२ करोड ६६ लाखमा खुम्चिएको छ।

यस आधारमा शेयर बजारबाट यस साता ३३ अर्ब ९३ करोड ५ लाख बराबरको बजार पूँजीकरण गुमेको देखिन्छ।  शेयर बजार परिसूचक नेप्से सातामा २५ अंक माथि घट्दा सूचीकृत सबैजसो कम्पनीहरुको शेयरमूल्य तल झरेपछि पूँजीबजारबाट शेयरधनीको उक्त रकम बराबरको सम्पत्ति गुमेको हो।

रसुवागढीको पूँजीकरण १७ अर्ब ६१ करोड १५ लाखबाट घटेर १३ अर्ब १७ करोडमा र साञ्जेनको ९ अर्ब ४६ करोड ८ लाख पूँजीकरण घटेर ७ अर्ब ३५ करोड ८४ लाखमा झरेको छ।  तीन कारोबार दिनमा रसुवागढीको ४ अर्ब ४३ करोड र साञ्जेनको २ अर्ब १० करोडले पूँजीकरण गुमेको हो।

  • यस्ता छन् उच्च पूँजीकरण हुने दश कम्पनी 

यस साता शिर्ष पूँजीकरण हुने दश कम्पनीहरुमा नेपाल टेलिकम शिर्ष स्थानमा रहेको छ भने नेपाल एसबिआई बैंक दशौं नम्बरमा रहेको छ। नबिल, इन्भेष्टमेन्ट, एभरेष्ट, स्टाण्डर्ड चार्टड, नेपाल लाईफ, हिमालयन, एनआईसी एशिया, र कृषि विकास बैंक पनि उच्च पूँजीकरण हुने कम्पनीमा समेटिएका छन्।

सबैभन्दा धेरै पूँजीकरण हुने टेलिकमको एक खर्ब ३ अर्बको कूल बजार पूँजीकरण छ भने दशौं नम्बरमा रहेको नेपाल एसबिआई बैंकको ३८ अर्ब २ करोड बराबरको बजार पूँजीकरण रहेको छ । कूल १५ खर्ब ६७ अर्ब ४२ करोड ६६ लाख बजार पूँजीकरण रहेको बजारमा शिर्या दश कम्पनीको हिस्सा ५ खर्ब ५३ अर्ब ९५ करोड अर्थात ३५.३४ प्रतिशत रहेको छ।

(साभारः मेरो लगानी)

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ०८:२१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...