back
NMB ad

रत्ननगर सामुदायिक अस्पताल टाँडि चितवनको भदौबाट सेवा विस्तार हुँदै

Kumari bank ad

काठमाडौं । चितवनको बकुलहर टाँडिमा रहेको रत्ननगर सामुदायिक अस्पतालमा भदौबाट बिरामी भर्ना सुविधा दिइने भएको छ । पन्ध्र शैयाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ ।

यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा. रुथले हालै रु ६ करोड लगानी गरेर अर्को भवन बनाइदिनु भएको छ । चर्मरोग विशेषज्ञ डा. रुथको नेतृत्वमा अन्य दुई चिकित्सकबाट अस्पतालमा छालाको बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा. बगालेको भनाइ छ ।

यससँगै दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले ४५ जनाको मिर्गौलाको डायलासिससमेत गर्दै आएको छ । अस्पतालमा प्रसूति सेवासमेत सञ्चालन हुँदैआएको छ । मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको उनले बताए ।

नवजात शिशु उपचार केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा बगालेले बताएका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको बताए । यस सम्बन्धमा नगर कार्यपालिका बैठकले निर्णय गरी प्रदेशमा पेश गरेको र विभागीय मन्त्रीले निरीक्षणसमेत गरिसक्नुभएको उनले जानकारी दिए ।

कम्तीमा ५० शैयाको अस्पतालको रूपमा स्तरोन्नति गरी पूर्वी चितवनका जनतालाई सेवा दिलाउन नगरपालिका लागिपरेको उनको भनाइ छ । सो क्षेत्रमा रत्ननगरसँगै खैरहनी, राप्ती र कालिका नगरपालिका रहेका छन् । सो अस्पताललाई विस्तार गर्न सके पूर्वी चितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा विरामीको चाप घट्ने अपेक्षा गरिएको छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १४:१० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...