back
NMB ad

फुङलिङ नगरपालिकाको ‘नगर राजपत्र’ प्रकाशित, जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर

Kumari bank ad

ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरामा ल्याएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ तोकिएको छ ।

अनसुची–८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शनिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ ।  भूइँमा सामान विच्छ्याएर बेचेवापत पनि २० रुपैयाँ तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्नेछ । नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ । रागाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १ सय ५० रुपैयाँ कर लाग्नेछ ।

नगरपालिका क्षेत्रमा अस्थायी रूपमा घुम्ती व्यवसाय गर्नेलाई पनि कर तोकेको छ । १ गाडी सामान बिक्रीवापत २ हजार तथा घुम्ती व्यापार प्रतिदिन (पोके व्यापारी) लाई २ सय, पक्की घर ६ सय र टाटीले बनेको टिन वा फुसको छाना भएका घरधनीले एक सय रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी भूमि कर (मालपोत) अन्तर्गत मुख्य बजार, सहायक बजार र अन्य क्षेत्र गरी वर्गीकरण गरी कर तोकिएको छ । मुख्य बजार क्षेत्रमा ४ आनासम्म ५० रुपैयाँ र १ रोपनीमाथिका प्रतिरोपनी ६० रुपैयाँ तोकिएको छ ।
धनीपूर्जामा अलैंचीबारी उल्लेख गरिएको भए प्रतिरोपनी २५ रुपैयाँ उल्लेख छ । आर्थिक वर्ष २०७५(७६ को सम्मको राजस्व पुस मसान्तसम्म तिर्न आएमा जरिवाना छुट हुने अन्यथा प्रतिवर्ष १० प्रतिशतका दरले वक्यौता रकममा जरिवाना लाग्ने उल्लेख गरिएको छ ।

व्यवसाय करअन्तर्गत ‘क’ श्रेणीका होटललाई १० हजार र ‘ङ’ श्रेणीका लागि १ हजार ५ सय तोकिएको छ । यद्यपी होटल व्यवसायी, प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयको रोहवरमा मापदण्ड बनाएर व्यवसाय कर असुलको व्यवस्थापन गर्ने जनाएको छ । जीवजन्तु करअन्तर्गत कुखुरा र हाँस निर्यात गर्दा प्रतिगोटा १० रुपैयाँ, गाई, भैंसी, चौरी र घोडा निर्यातवापत प्रतिगोटा २ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै मुख्य क्षेत्र अर्थात मेची राजमार्ग दायाँ बायाँमा होर्डङ वोर्ड राखेवापत ८० रुपैयाँ लाग्नेछ । धरौटी भने ७ सय तोकिएको छ । व्यापारिक प्रयोजनबाहेकका लागि तुल ब्यानर राख्न अनुमति शुल्क प्रतिगोटा एक सय रुपैयाँ लाग्नेछ । बैंकका लागि ऋण सिफारिस दस्तुर १० लाखसम्म १ हजार १ सय र २ करोडसम्म ७ हजार ७ सय तोकिएको छ ।  चार किल्ला र घरबाटो प्रमाणित दस्तुरवापत ४ आनासम्म १ हजार ४ सय ३० रुपैयाँ र ५ रोपनीदेखि माथि जतिसुकै भए पनि २ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

वंशजको नागरिकतासम्बन्धी सिफारिस निःशुल्क गरिएको छ । अंगिकृत नागरिकता सिफारिस ७ सय ५० रुपैयाँ र नागरिकताको प्रतिलिपी, सर्ज्मिन मुचुल्का सनाखत, नाता प्रमाणित र व्यक्तिगत घटना दर्ता (३५ दिनपछि दर्ता भएमा) सिफारिसको समान तीन सय तोकिएको छ । पति पत्नीको सम्बन्धविच्छेदको सिफारिसको एक हजार तोकिएको छ ।

फुङलिङ नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७६ बमोजिम चालू वर्षको साउन १ गतेदेखि लागू भएको हो । नगरपालिका उपप्रमूख बमबहादुर भट्टराईले कर विगत वर्षकै निरन्तरता भएको बताए ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १४:४१ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...