back
NMB ad

“ग्राहक भड्किने डरमा गरगहना फिर्ता ”

Kumari bank ad

काठमाडौं ।  केही दिनदेखि विभिन्न कारणले बढिरहेको सुनको भाउ रोकिने क्रममा छैन । बजारमा सुन शुक्रबार र शनिबार तोलाको ७० हजार रुपैयाँले कारोबार भयो ।

बुधबार सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ थियो । चाँदी पनि तोलामा १० रुपैयाँले बढ्दै ८ सय २५ रुपैयाँ पुगेको छ ।  बितेको १० दिन मात्रै सुन तोलामा ५ हजारले बढिसकेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । साउन लागेपछि भने सुनको भाउले आकाश छोएको हो ।

अन्तराष्ट्रिय बजारमा अमेरिका–चीन व्यापार युद्धका कारण लगानीकर्ता सुरक्षित लगानी खोज्दै सुनतर्फ आकर्षित हुनाले भाउ बढेको हो । नेपालमा भने नजिकिदो चाडपर्वका कारण पनि सुनको भाउ वृद्धि भएको हो । तर, भाउ बढेसँगै बजारमा खरिदकर्ताको चहलपहल भने छैन ।

व्यवसाय नै नभएको बेला ग्राहकबाट गरगहना किन्नुपर्ने बाध्यता हुँदा व्यवसायीलाई मर्का परेकाछन । सबैभन्दा बढी गरगहनाको कारोबार हुने न्युरोड क्षेत्रका पसल सुनसान देखिन्छन ।

खरिद गर्नभन्दा बरु आफ्नै गहना बेच्न आउने ग्राहक बढेको सुन व्यवसायीको भनाइ छ । गरगहना फिर्ता नलिँदा ग्राहक नै भड्किने डरले फिर्ता लिन बाध्यभएको व्यवसायीहरु बताउनछन ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १७:३५ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...