back
NMB ad

गाईलाई राष्ट्रमाताु बनाउन माग गर्दै भारतमा आत्महत्या

Kumari bank ad

एजेन्सी । गाईलाई राष्ट्रमाता को दर्जा दिनुपर्ने माग गर्दै भारतको गुजरातमा आठजनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गरेकामध्ये एकजनाको ज्यानै गएको छ ।

गुजरातको राजकोटमा गाई रक्षक समिति नामको एक संगठनले गाईलाई राष्ट्रमाता घोषित गर्न तथा गोमांसमाथि देशभर प्रतिबन्ध लगाउन माग गर्दै आत्महत्या प्रयास गरेका हुन् ।

उनीहरुले स्थानीय कलेक्टरको सामुन्ने प्रदर्शन गर्ने क्रममा आत्महत्या प्रयास गरेका हुन् । पुलिसले रोक्दा रोक्दै किटनाशक खाएका एकजनाको भने मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा आठ गाई संरक्षण कार्यकर्ताले किटनाशक विषादी खाएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । किटनाशक खाएका आठमध्ये एकको ज्यान गएको छ भने तीनको अवस्था गम्भीर रहेको छ ।

पुलिसका अनुसार गौरक्षक समितिका आठ सदस्यहरु बिहीबार हातमा किटनाशकको बोतल लिए कलेक्टरको कार्यालय पुगेका थिए ।

पुलिसका अनुसार रोक्ने प्रयास गर्दा गर्दै उनीहरुले विषादी खाएका हन् । उनीहरुलाई त्यसपछि सरकारी अस्पतालमा भर्ना गरियो । जहाँ उपचारका क्रममा एक व्यक्तिको ज्यान गएको हो भने अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ।

सहायक पुलिस आयुक्त कल्पेश चावडाले बताए अनुसार ज्यान गएका व्यक्तिको नाम हिन्डा वाम्बाडिया रहेको छ । उनको निधन अस्पतालमा उपचारका क्रममा भएको हो । अन्य तीनको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यस घटनापछि गौरक्षक समितिका सदस्य ठूलो संख्यामा सडकमा ओर्लिएका छन् । राजकोटबाट पूर्व कांग्रेस सांसद कुनवारजी बावलिया र  गौसेवा आयोगका अध्यक्ष वल्लभाई कठिरिया घटनापछि अस्पताल पुग्दा उनीहरुलाई प्रदर्शनकारीहरुले रोकिदिए ।

यो घटनाको विरोधमा गौ रक्षक समितिले शुक्रबार गुजरात बन्दको आह्वान गरेको छ ।

वि.सं.२०७२ चैत ५ शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...