
काठमाण्डौं । होलीमा अरुलाई जबर्जस्ति लोला हान्नेलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ।
होलीको नाममा लोला हान्ने तथा मदिराजन्य बस्तुका बोत्तलहरु बोकेर हिड्नेहरुलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ।
काठमाडौ प्रहरी परिसरका एसएसपी विक्रमसिहं थापाका अनुसार होलीमा युवतीमाथि लोला हान्नेहरुलाई सार्वजनिक मुद्धा चलाइने भएको हो। उनले भने ‘होलीको नाममा विकृति भित्राउनेलाई अब नेपाल प्रहरीले सार्वजनिक मुद्धा चलाउने छ साथै यस्ता गतिविधि हुन नपाउन भन्दै विशेष सुरक्षा व्यवस्था समेत गरीएको छ।’
नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै काठमाडौं प्रहरीले विशेष सतर्कता अपनाउँदै चोकचोकमा प्रहरी खटाएको छ।
वि.सं.२०७२ चैत ५ शुक्रवार १४:४४ मा प्रकाशित