back
NMB ad

२३ लाख बढी नक्कली नोट छापेर बजारमा पठाउने ७ जनाको गिरोह प्रहरी फन्दमा

Kumari bank ad

कैलाली ।  पछिल्लो समय बजारमा नक्कली नोटको कारोबारमा गिरोह नै सक्रिय भएका छन् । सक्कली र नक्कली नोट सहजै पहिचान हुने भए पनि आम मानिसमा त्यसको स्पष्ट ज्ञान नहुँदा नक्कली नोटको कारोबार बढ्दै गइरहेको हो ।

पछिल्लो एक महिनामा कैलालीबाट नक्कली नोटको छपाइ तथा वितरणमा संलग्न ७ जनाको गिरोह प्रहरीको फन्दामा परको छ । अनुसन्धानका क्रममा पाँच सय र एक हजारको नेपाली तथा पाँच सयको भारतीय रुपैयाँ नक्कली छापेर बजारमा पठाएको खुलेको छ ।

उक्त गिरोहले २३ लाख रुपैयाँभन्दा बढी नक्कली नोट छापेर बजारमा पठाइसकेको र त्यो नोट कहाँ र कस्तो अवस्थामा छ भन्नेबारे प्रहरी नै अनविज्ञ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

बढी भीडभाड हुने बैंक, सहकारी, अस्पताललगायतका क्षेत्रमा यसको कारोबार भएको बताइएको छ । बयानका क्रममा उनीहरुले २३ लाख रुपैयाँ बजारमा पठाएको बताए पनि प्रहरीले भने त्योभन्दा बढी रकम बजारमा गएको आशंका गरेको छ ।

मुलुकभर यस्ता नोटको बिगबिगी बढेकाले सचेत रहन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...