back
NMB ad

धितोपत्र बजार सुधारमा चौतर्फी काम भएको दाबी

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पछिल्लो समय पुँजी बजार सुधारका लागि नियामक निकायले उल्लेख्य काम गरेको बताएका छन् । आज बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पछिल्लो समय पुँजी बजारमा कायापलट नै हुने गरी परिवर्तन आएको उनले दाबी गरेका छन् ।

समितिको बैठकमा बोल्दै उनले धितोपत्र बजार सुधारमा चौतर्फी काम भएको दाबी गरेका छन् । ‘बजार सुधारका लागि एकतर्फी होइन चौतर्फी काम भएको छ । प्राथमिक बजार, दोस्रो बजार र नियामक निकाय भित्रै पनि सुधार गरेका छौं ।’ बजार सुधारकै क्रममा बैंकलाई ब्रोकर लाइसेन्स दिने कामले गति लिएको समेत अध्यक्ष कार्कीले बताए । हितग्राही (डिम्याट) खाता र आस्वा प्रणालीको सुरु भएसँगै पुँजी बजारमा विद्यमान बोरे प्रणालीको अन्त्य भएको उनले बताएका छन् । कारोबारका लागि योग्य ९०५ भन्दा बढी सेयर डिम्याट भइसकेको समेत अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

बैंक ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुने भन्दै बैंक तथा वित्तीय संस्थाले निक्षेपमा आकर्षक ब्याज दिइरहेका तथा बैंकिङ प्रणालीमा लगानी योग्य रकम अपेक्षा अनुसार सहज नहुँदा सेयर बजार प्रभावित भइरहेको उनको भनाई छ । सेयर बजार सुधारका लागि बैंक ब्याजदर घटाउनुपर्ने उनको तर्क छ ।

सेयर बजारमा सुधार ल्याउन बैंकको ब्याजदर घट्नैपर्छ । त्यसपछि मात्र लगानीकर्ताको आकर्षण पुँजी बजारमा हुन्छ ।’ अर्थ समितिमा उपस्थित कार्की पुँजी बजार र बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमा छलफल गर्न बैठकमा उपस्थित भएका थिए।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...