back
NMB ad

दृष्टि आई केयर सिस्टमको शाखा अब बानेश्वरमा पनि

Kumari bank ad

काठमाडौँ ।  दृष्टि आई केयर सिस्टम ग्रुपले नयाँ बानेश्वरमा सुविधा सम्पन्न गुणस्तरीय आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालमा ‘आँखा बा’ को नामले परिचित बरिष्ट नेत्र रोग विशेषज्ञ प्रा.डा.रामप्रसाद पोखरेलले शनिबार एक समारोहका बीच केन्द्रको उद्घाटन गर्नुभयो ।

बानेश्वरमा सेवा आरम्भसँगै नेपालमै पहिलो पटक आइ टर्मिनल मार्फत आँखाको पावर तथा फ्रेमको विशिष्ट परिक्षण गर्ने प्रविधि सुरुवात गरेको दृष्टि आइका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले जानकारी दिनुभयो । दृष्टिले बानेश्वर केन्द्रमा सम्पूर्ण ब्राण्डिङ लेन्स, फ्रेम र कन्ट्याक्ट लेन्सको साथै आँखाको पर्दाको जाँच गर्ने विशिष्ट उपकरण ओसिटीको प्रबन्ध गर्नुका साथै डाइवेटिक रेटिनोप्याथी तथा जलबिन्दुको पूर्ण परिक्षण तथा उपचारको व्यवस्था गरेको पनि श्रेष्ठले बताउनुभयो ।

आँखासम्बन्धि रोगको पहिचान र उपचारमा नयाँ प्रविधिको प्रयोग गरी सेवा दिने उद्धेश्यले दृष्टि आइ केयर सिस्टमले वि.सं. २०७० सालमा झापाको विर्तामोडमा मेचि दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो । देशैभरी गुणस्तरीय सेवा विस्तार गर्ने क्रममा दृष्टिले मध्य तराईको विरगन्जमा सेवा दिंदै आइरहेको छ । दृष्टिले दुई वर्ष अघि काठमाण्डौंको कलंकिमा समेत विशेष प्रविधि र सुविधा युक्त आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ भने काठमाण्डौंको चावहिल र जमलबाट समेत सेवा दिंदै आइरहेको छ ।

दृष्टिले आँखा परिक्षण र उपचारमा सबैको सहज पहँुचका निम्ति सर्वसुलभ शुल्कमा उच्च प्रविधिको प्रयोग गरेर सेवा दिंदै आइरहेको छ । दृष्टि आई केयर सिस्टमले अति विपन्न र रकम अभावकै कारण उपचारबाट बन्चित भएकाहरुलाई स्थापना देखि नै निशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ । सञ्चालनको पाँच वर्षको अवधिमा दृष्टिले तीन लाख व्यक्तिहरुमने आँखाको परिक्षण गर्नुका साथै ४० हजार भन्दा धेरैको आँखाको शल्यक्रिया गरिसकेको छ । त्यसैगरी यस अवधिमा ३० हजार बालबालिकाको निशुल्क आँखा परिक्षण गरेको छ । ५ सय भन्दा धेरै ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ५० हजार भन्दा धेरैको निशुल्क आँखा परिक्षण गरेको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले आँखा रोग विशेषज्ञ डाक्टरहरुद्धारा स्थापना भएको दृष्टि आइ केयर सिस्टम ग्रुपले आफ्नो सेवा विस्तारको क्रममा बानेश्वरमा सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १३:२३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...