back
NMB ad

एक घरलाई एक लाख चार हजारको लगानीमा गोठ निर्माणसँगै उन्नत जातका बाख्रा वितरण

Kumari bank ad

रुकुमपूर्व । जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रम अन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ । युनाइटेड मिसन टु नेपाल रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को प्रविधिक सहयोगमा भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको हो ।

गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ/छ वटा उन्नतजातका बाख्रा वितरण गरिएको हो । गाबाङका विपन्न परिवार, महिला, व्यवसाय गर्न इच्छुक तथा बाख्रापालन व्यवसाय सम्बन्धी तालीम लिएका सात घरपरिवार छनोट गरी प्रत्येक घरपरिवारलाई गोठ निर्माण गरिदिएको छ । एक घरलाई रु एक लाख चार हजार बराबरको लगानी गरिएको छ ।

उनीहरुको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले अनुदानमा गोठ निर्माण सहित बाख्रा वितरण गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताउनुभयो । एक महीनाअघि नै ४० सम्म बाख्रा अटाउन सक्ने गोठ तयार बनाइसकेको मिक नेपालले जनाएको छ । प्रत्येक गोठ निर्माणका लागि रु ५४ हजार र बाख्रा खरीदका लागि रु ५० हजार खर्च गरेको बताइएको छ ।

अनुदानमा गोठ निर्माणसँगै बाख्रा पाएपछि कृषक हर्षित भएका छन् । “अनुदानमा गोठ र बाख्रा पायौँ, अब व्यावसायिक रुपमा बाख्रा पाल्छौँ र यसैबाट जीविकोपार्जन गर्छौँ ।” स्थानीय ज्योति बुढाले भन्नुभयो । आफूहरुमाथि गरिएको यो लगानीलाई खेर जान नदिने उनीहरुले बताएका छन् । जिल्लामा खसीबोकाको मासुको माग बढ्दै गइरहेका बेला बाख्रापालन व्यवसायबाट राम्रो लाभ लिन सकिने मिक नेपालका अध्यक्ष घर्तीले बताउनुभयो ।

२०७६ भदौ ०३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १०:३३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...