back
NMB ad

साढे २८ करोडमा खानेपानी आयोजना

Kumari bank ad

कञ्चनपुर । भीमदत्त नगरपालिका–८ तिलाचौरमा २८ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ ।

आयोजना निर्माणका लागि नगर विकास कोषबाट सात करोड १२ लाख ऋण र रु १९ करोड ९५ लाख रुपैयाँ रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ ।

उपभोक्ताको लागत सहभागिताबाट एक करोड ४२ लाख रुपैयाँ रकम सङ्कलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताउनुभयो । तीन वडाका एक हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन ।

खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिकाका वडा नं ८, ६ र उक्त घरधुरीका १० हजार बासिन्दा लाभान्वित हुने नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । अठार महीनाभित्र सम्पन्न हुने आयोजना निर्माणकार्य दुई साताभित्रै सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आयोजनाका लागि उपभोक्ताबाट पाँच प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । बीस वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ । -रासस

२०७६ भदौ ४ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ ४ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:२६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...