back
NMB ad

भदौ ५ गतेदेखि १३ गतेसम्म पर्वत–बेनी सडक दैनिक साढे ८ घण्टा बन्द हुने

Kumari bank ad

बागलुङ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको छ ।

बागलुङको बाङ्गेचौरदेखि पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो ।

यही भदौ ५ गतेदेखि १३ गते सम्म बिहान ७ देखि ९ बजे र त्यस पश्चात् बिहान १० देखि अपरान्ह साढे ४ बजेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द गरेर सडक निर्माणको काममा तिव्रता दिन लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, जिल्ला प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस क्रममा पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत–जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

कार्यालय, विद्यालयबाट आवत–जावत गर्ने समयलाई ध्यानमा राखेर निर्माण कार्यले समेत गति लिने गरी समय तालिका तय गरिएको मेयर पौडलेले बताउनुभयो ।

हिमशिखर कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुंगे पुल अहिलेसम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...