back
NMB ad

आईओएमले नेपाललाई दुई अर्ब ८४ करोड सहयोग गर्ने

Kumari bank ad

काठमाडौं । आप्रवासन सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले दुई अर्ब ८४ करोड रुपैयाँ सहायता गर्ने भएको छ ।

आईओएमले तीन वर्षे रणनीति (२०१८–२०२०) अनुसार नेपाललाई यो सहायता गर्न लागेको हो । आईओएमले एक अर्ब २८ करोड रुपैयाँ सहयोग गर्ने रणनीतिमा उल्लेख थियो । यद्यपि, प्रक्रियागत ढिलाइका कारण उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन ।

आप्रवासनसम्बन्धी समस्या समाधान गर्न आईओएमले कार्यक्रम सञ्चालन गर्न लागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

क्षमता विकास, परामर्श सेवा र प्राविधिक सहयोगका कार्यक्रम नेपालमा सञ्चालन हुनेछन्। कार्यक्रमका लागि सहयोग गर्ने अर्थ मन्त्रालयले सहमति जनाएको छ ।

आईओएमलाई पनि अन्य राष्ट्र संघीय निकाय सरह सेवा दिने अर्थले जनाएको छ । यसका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक सहजीकरण गर्नेछ ।

२०७६ भदौ ५ गते प्रकाशित 

वि.सं.२०७६ भदौ ५ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...