back
NMB ad

४८ करोड राजस्व चुहावट गर्ने १५ जना विरुद्ध मुद्दा

Kumari bank ad

काठमाडौ । हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य कारोबारी विनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मंगलबार दर्ता भएको सो मुद्दामा ४ जना सरकारी कर्मचारी समेत रहेका छन ।

भन्सार अधिकृतद्वय बटुकृष्ण अधिकारी, र सुभाषप्रसाद श्रेष्ठ तथा नायव सुब्बाहरु देवीबहादुर थापा र बसन्तकुमार सुवेदी पनि सो मुद्दामा मुछिएका छन् । यसैगरि, भन्सार ऐजेन्ट दिनेशकुमार वाँनिया विरुद्ध पनि मुद्दा चलाइएको छ ।

गुप्तासहित हिमालयन कार्गोका प्रोपाईटर मधुकुमारी चौधरी, संचालक रविन्द्र गुप्ता, बनबोरीमाता ट्रेडर्सका खाता संचालक एवं कारोवारी राहुल कुमार गुप्ता एवं र भीआर ईन्टरनेशनलका सञ्चालक विरेन्द्र गुप्ता विरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुको मिलेमतोमा हिमालयन कार्गो मार्फत नेपालगंजबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, भ्याट तथा आयकर राजस्व छलि गरेको देखिएक विभागको ठहर छ ।

रोहित अग्रवाल सञ्चालक रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाईटर रहेको एनआईसिआई ट्रेडर्स, बृजलाल रावत प्रोपाईटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाईटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल संचालक रहेको श्याम ट्रेडिङ्ग, इश्वर दयाल हजार दुशाध प्रोपाईटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्महरु दर्ता गराएर कारोवार हिमालयन कार्गो मार्फत गरी राजस्व चुहावट गरेको भेटिएको विभागले जनाएको छ ।

यी फर्महरुले भन्सार महशुल तर्फको विगो १४ करोड ९९ लाख ८० हजार र आयकर तर्फको विगो ९ करोड ९ लाख ८६ हजार गरी जम्मा राजस्व चुहावटको विगो ४५ करोड ६४ लाख ३ हजार ३ सय ५७ रुपैया कायम गरि १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । -राजधानी दैनिकबाट

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:३० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...