back
NMB ad

४१ व्यापारिक फार्म कारबाहीमा, उपभोक्ता ठग्दै आएका व्यापारीलाई ३ लाख जरिमाना

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको एक महिनामा उपत्यकाभित्रका ४१ वटा व्यापारिक फार्मलाई कारबाही गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्डविपरीत व्यापारिक फार्म सञ्चालन गरेर उपभोक्तालाई ठग्दै आएका व्यापारिक फार्मलाई कारबारी गरेको हो ।

आर्थिक वर्षको साउन मसान्तसम्म विभागले ८४ व्यापारिक फार्मको अनुगमन गरी ४१ वटा फार्मलाई कारबाही गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले ४१ वटा मापदण्डविपरीत सञ्चालन गरी उपभोक्ता ठग्दै आएका व्यापारीलाई ३ लाख ३७ हजार जरिमाना गरेको बताउनुभयो ।

८४ वटामध्ये २४ वटा व्यापारिक फार्मलाई स्पष्टीकरण सोधिएको, तीन वटा व्यावसायिक फार्मलाई सिलबन्दी गरिएको र १ वटा फार्मलाई मुद्दा दायर गर्ने सम्बन्धमा निर्णयका लागि पठाइएको, पाँचवटा नमुना गुणस्तर परीक्षणका लागि नमुना पठाइएको बताउनुभयो ।

विभागले चालू आर्थिक वर्षका एक महिनामा उपत्यका बाहिर चार वटा व्यापारिक फार्मको अनुगमन गरेको छ भने विभागले दुईवटा व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

मापदण्डविपरीत सञ्चालन गर्ने दुईवटा व्यावसायिक फार्मलाई १ लाख जरिमाना गरिएको विभागले जनाएको छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...