back
NMB ad

अर्बौंका गुगल पासवर्ड ह्याक, तुरुन्त फेर्नुस् पासवर्ड, ह्याक हुनबाट बच्न के गर्ने त ?

Kumari bank ad

काठमाडौं । गुगलले अर्बौं पासवर्ड र गुगल पासवर्ड प्रयोग गर्ने करोडौं प्रयोगकर्ताको पासवर्ड ह्याक भएको जनाएको छ ।

गएको एक साताभित्र पासवर्ड नफेरेका गुगल अकाउन्ट उपयोगकर्ताले पासवर्ड फेरेर अकाउन्ट सुरक्षित गर्न गुगलले आग्रह गरेको छ ।

साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो । यो वर्षको शुरूमा गुगलले पासवर्ड चेकअप गुगल क्रोम वेब ब्राउजरका लागि ल्याएको थियो ।

यसपछि गुगलले उपयोगकर्ताका अकाउन्ट ह्याक भएको थाहा पाएको हो । यो पासवर्ड चेकअप थालेयता ६ लाख ५० हजारले पासवर्ड चेकअप अभियानमा सामेल भएर जानएको गुगलका पदाधिकारीहरूले जनाएका छन ।

गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वाधिक कमजोर पासवर्डहरूमा १२३४५६, पासवर्ड, १२३४५६७८९, १२३४५६७८, १२३४५, ११११११, १२३४५६७, सनसाइन, क्वर्टी, आइलभयु, प्रिन्सेस, एडमिन, वेलकम, ६६६६६६, एबीसी १२३, १२३१२३, मंकी, ६५४३२१, चार्ली, एए१२३४५६, डोनाल्ड, पासवर्ड१ र क्वर्टी१२३ रहेका छन ।

पासवर्ड ह्याक हुनबाट बच्न
पासवर्ड ह्याक हुनबाट बच्न तत्काल पासवर्ड फेरिहाल्न गुगलले आव्हान गरेको छ । तपाईंले प्रयोग गर्ने इमेलको पासवर्ड अंगेजी अंक, अक्षर र ह्यास, डलर, प्रतिशत, स्टार जस्ता विभिन्न साइनहरु मिश्रीत बनाउनुभयो भने पासवर्ड ह्याक हुने सम्भावना कम रहन्छ ।

आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको इमेल र फोन नम्बर तपाईं आफ्नो नियन्त्रणमा हुनुले आफ्नो गोपनियता चोरी हुनबाट बच्न सकिन्छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १३:०० मा प्रकाशित

You can share this post!

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...