back
NMB ad

एक सातामा डेढ अर्बको शेयर कारोबार

Kumari bank ad

काठमाडौं । शेयर बजारमा एक सातामा डेढ अर्ब रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ ।

पाँचै दिन खुलेको यस साताको बजारमा कारोबार रकम अघिल्लो सातको तुलनामा २४ करोड १८ लाखले घटेर १ अर्ब ५४ करोड रुपैयाँमा नै सीमित भएको हो ।

यसै साता दुई कम्पनीको ४६ लाख २० हजार कित्ता शेयर सूचीकरण भएपनि नेप्से परिसूचकसँगै कम्पनीको शेयरमूल्य घट्दा बजार पूँजीकरण भने झनै घटेको छ ।

यस साता सबैको लघुवित्तको १६ लाख ५० हजार कित्ता साधारण शेयर र गुँरास लाइफ इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भयो ।

अघिल्लो साता १५ खर्ब ५१ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण ११ अर्ब ७९ करोडले घटेर १५ खर्ब ३९ अर्ब रुपैयाँमा झरेको हो । कूल बजार पूँजीकरणको पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी एक खर्ब एक अर्ब १० करोड सहित पहिलो नम्बरमा रहेको छ ।

नबिल बैंक ६९ अर्ब ९६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ९७ करोड, एभरेष्ट बैंक ५२ अर्ब ९ करोड, स्ट्याण्डर्ड चार्टड बैंक ५१ अर्ब ११ करोड, हिमालयन बैंक ४७ अर्ब ७१ करोड, नेपाल लाईफ ४७ अर्ब ४८ करोड एनआईसी एशिया ४० अर्ब ११ करोड, कृषि विकास बैंक ३८ अर्ब ५८ करोड र नेपाल एबिआई बैंक ३७ अर्ब ६० करोड पूँजीकरण सहित सातको शिर्ष दश ठूलो पूँजीकरण भएको कम्पनीमा समेटिएका छन ।

सातामा नेप्से परिसूचक पनि ११ अंकले तल झरेको छ । अघिल्लो साता १२२२.०४ बिन्दुमा रहेको नेप्से सूचक १०.९७ अंकले घटेर १२१३.०७ बिन्दुमा झरेको हो ।

यस साता सोल्टी होटलको सबैभन्दा धेरै १० करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने एनआइसी एशिया बैंकको ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै रसुवागढी हाइड्रो पावर, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक उच्च कारोबार गर्ने शिर्ष कम्पनीको क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन । यस साता उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक अटाएका छन ।

२०७६ भदौ ६ गते प्रकाशित 

वि.सं.२०७६ भदौ ६ शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...