back
NMB ad

देशको समृद्धिको लागि उत्पादनसंग जोडिनुपर्ने– मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको समृद्धिको लागि सबै नागरिक उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ ।

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आज हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।  मुख्यमन्त्री पौडेलले अहिलेपनि हाम्रा सोच, बिचार, चिन्तनमा परिर्बतन आउन नसकेको भन्दै अव आफुले आफैलाई परिवर्तन गर्नुपर्ने वेला आएको बताउनुभएको छ ।

उहाँले हामी संग सबै थोक हँदा हुँदै पनि किन परिवर्तन गर्न सकिएन भन्ने कुरामा बिचार गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले अव सबै नागरिक उत्पादन संग जोडिएर देशलाई समृद्धी बनाउनुपर्ने बताउनुभयो ।

नेपानीहरु श्रमसंग नजोडिएका कारण गरिव भएको भन्दै मुख्यमन्त्री पौडेलले श्रम र पुँजीलाई वजार सम्म ल्याउनुपर्ने समेत वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले निजी क्षेत्रलाई अवसर दिएर अगाडी बढ्नुपर्ने वताउनुभएको छ ।

नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, कार्यक्रम निर्देशक गणेश भेटवाल, वस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका करिब ३ सय युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ६ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...