back
NMB ad

राजधानी र नामकरणको निर्णयमा प्रदेश नं २ को सकस

Kumari bank ad

काठमाण्डौं । प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ ।

बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरकफरक प्रस्ताव दर्ता भएपछि थप अन्यौल देखिएको हो । यतिमात्रै नभई केही दलका सांसदहरुले पनि पार्टीमा विद्रोह गर्दै छुट्टै प्रस्ताव गर्दा गराएका छन् । त्यसैले प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विषय लम्बिने भएको छ । दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराएका प्रस्तावउपर निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो तर बैठक बस्दै नबसी स्थगित भयो । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

यसरी अब अर्को बैठक कहिले बस्नेबारे टुङ्गो नहुँदा प्रक्रिया लम्बिएको छ । प्रदेश २ को नाम र राजधानीको विषयमा प्रदेशसभाले आह्वान गरेअनुसार संसदीय दलहरुले आ–आफ्नो तर्फबाट नामकरणको प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दल समाजवादी पार्टी र विपक्षी दल काङ्ग्रेसभित्र प्रदेशको नामका विषयमा मतभेद देखिएको छ ।

सबै दलको आफ्नै एजेन्डा हुँदाहुँदै पनि सत्तापक्ष र विपक्षी दलमा देखिएको फरक मतले गर्दा आउने दिनमा प्रदेशको नाम र राजधानीको लागि पार्टीभित्रै आन्तरिक विवाद सिर्जना हुन पुगेको हो । काङ्ग्रेसका केही सांसदहरूले नै प्रदेशको नाम मध्य मधेश हुनुपर्ने माग गर्दै प्रस्ताव गर्दा गराएका छन् । सत्तारुढ दलका केही सांसदहरूले पनि पार्टीको लाइनविपरीत राजधानी वीरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । छुट्टै प्रस्ताव दर्ता गराउनेमा काङ्ग्रेसका चार र सत्तारुढ समाजवादीका सात जना प्रदेशसभा सदस्य छन् ।

नेकपामा समेत मधेश प्रदेशका पक्षधर छन् तर नेकपाले जानकी प्रदेश र जनकपुर, पूरै धनुषा राजधानीको लागि प्रस्ताव दर्ता गराउँदा कुनै पनि प्रदेशसभा सदस्यले हालसम्म औपचारिक रूपमा असन्तुष्टि बाहिर सार्वजनिक गरेका छैनन् । प्रदेशसभामा रहेका नेकपा, काङ्ग्रेस, समाजवादी पार्टी, राजपा नेपालले फरकफरक प्रस्ताव दर्ता गराएपछि प्रदेशको नाम र राजधानीको विवाद अझ बल्झिने बुद्धिजीवीले टिप्पणी गरेका छन् । नाम र राजधानीको सवालमा दलहरूले गरेको प्रस्ताव अदूरदर्शी रहेको समेत उनीहरुको टिप्पणी छ । राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र लाभले राजनीतिक अदूरदर्शीताका कारण दलहरूले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक महत्वको हिसाबले नाम प्रस्ताव गर्न नसकेको बताउनुभयो ।

बुद्धिजीवी रोशन जनकपुरीले संसदीय दलहरूले गरेको प्रस्तावको कारण दीर्घकालसम्मका लागि विवाद रहिरहने टिप्पणी गर्नुभयो । उहाँले आउने दिनमा भारतको विहारबाट झारखण्डजस्तै प्रदेश २ मा समेत सांस्कृतिक र पहिचानको आन्दोलन हुनसक्ने खतरा औँल्याउनुभयो । रोशन जनकपुरीले ऐतिहासिक। सांस्कृतिक तथा राजनीतिक परिदृश्यको हिसाबले ‘मिथिला भोजपुरा मधेश’ नाम नै सबैभन्दा उपयुक्त हुने भए पनि त्यसमा राजनीतिक दलहरू चुकेको विचार व्यक्त गर्नुभयो । राजनीतिक विश्लेषकले दलहरू आ–आफ्नै अडानमा रहिरहे हाल प्रदेशसभामा दर्ता गराइएका प्रस्तावमध्ये कुनै प्रस्ताव पारित हुने सम्भावना नरहेको पनि बताएका छन् । उनीहरूले प्रदेशसभामा सहमति भएर कुनै नाम पारित भए पनि पछिसम्म विवाद रहिरहन सक्ने औँल्याएका छन् ।

प्रदेश २ को प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये सत्तारुढ समाजवादी पार्टीको ३०, राष्ट्रिय जनता पार्टीको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, र काङ्ग्रेसका १९ जना सांसद छन् भने सङ्घीय समाजवादी पार्टीका एक जना सांसद छन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । जसअनुसार दुई तिहाइ बहुमतका लागि ७२ जना सांसदको समर्थन आवश्यक रहेको छ । तसर्थ प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नका लागि कसैसँग दुई तिहाइ बहुमत नरहेकोले एक अर्को दलसँग सहमति गर्नुपर्ने र आआफ्नो अडानबाट केही पछि हट्नुपर्ने देखिन्छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ११:०५ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...