back
NMB ad

मुक्तिनाथको २०% हकप्रद सेयर बिहीबारदेखी खुल्दै

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भदौ १२ गते बिहीबारदेखी २०% हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

यसका लागि बैंकले साउन ३१ गते शुक्रबार बुक क्लोज गरेको छ । साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ । यस हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिनेछ ।

बैंकले हकप्रदबाट प्राप्त भएको रकम राष्ट्र बैंकको प्रावधान अनुसार मौज्दात कायम गर्न, कर्जा लागनी, शाखा विस्तार, सरकारी ऋणपत्र जस्ता क्षेत्रमा खर्च गर्नेछ ।

मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट हकप्रद ल्याउन लागेको हो । हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १५:१३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...