काठमाडौं । सरकारले समायोजमा जाने प्रहरीको बढुवा नगर्ने भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक(२०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेम कुमार राईले समायोजनमा जाने प्रहरीको बुढुवा नगरिने बताउनुभएको हो ।
उहाँले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गर्दे समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
बैठकमा समिति सदस्यहरूले विगतमा पनि नेपाली सेनाबाट शसस्त्रमा लैजादा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।
२०७६ भदौ ०९ गते प्रकाशित
वि.सं.२०७६ भदौ ९ सोमवार १५:४३ मा प्रकाशित