back
NMB ad

बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको माग

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स प्रदान गर्न माग गरेको छ । संघको बुधबार बसेको पूर्ण समितिको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रक्रिया पुर्याएर निवेदन दिएका सबै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो ।

बैंकहरुले ब्रोकरेज लाइसेन्सका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिसकेका छन । आन्तरिक तयारी पूरा भइसकेको अवस्थामा नेप्सेले एकाएक लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले नेपाल राष्ट्र बैंकबाट हालै जारी गरिएको परिपत्रमार्फत औसत ब्याजदर अन्तर गणना विधि लगायतका अन्य केही प्रावधानमा गरिएको परिवर्तनले गर्दा बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अवस्था आएको उल्लेख गरेको छ ।

यसले पार्ने नकारात्मक प्रभावका बारेमा नेपाल राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराउने निर्णय गरेको छ ।

विगत केही समयदेखि समग्र बैंकिङ क्षेत्रका बारेमा केही सञ्चार माध्यमहरुले समग्र बैंकिङ क्षेत्रकै जनमानसमा नकरात्मक छवि फैलाउने, बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेको मा पनि संघको ध्यानाकर्षण भएको जनाइएको छ ।

यस विषयमा संघले प्रेस काउन्सिल नेपालसँग समन्वय अघि बढ्ने समेत निर्णय गरेको छ ।

वि.सं.२०७६ भदौ ११ बुधवार १३:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...