back
NMB ad

ऋण र उधारोमा विद्यालय कतिञ्जेल चलाउने !

Kumari bank ad

रोल्पा । गाउँपालिकाले गरेको गलत निर्णयका कारण रोल्पाका ६ विद्यालयमा कार्यरत करिब दुई दर्जन बढी शिक्षकले एक वर्षयता तलब खान पाएका छैनन ।

शिक्षकले तलब त पाएनन् नै विद्यार्थीको छात्रवृती, खाजा, पुस्तक र मसलन्दको रकम समेत रोकिएको छ । पश्चिम रोल्पाको गंगादेब गाउँपालिकाले औपचारिक रुपमै विद्यालयहरुको बैङ्क खाता रोक्का गरिदिएपछि शिक्षक विद्यार्थीको बिचल्ली भएको हो ।

‘तलब नखाएको करिब एक वर्ष भयो। किताब, छात्रवृृती, मसलन्द सबै रकम रोकिएको छ । कहाँ गुनासो गर्ने ।’ जनचेतना प्राबि जिनावाङका प्रअ सीता वलीले भन्नुभयो ‘शिक्षक महासंघमा पनि कुरा राखेको हो । ऋण गरेर स्कुल चलाउदै छौ ।

प्रअ भएपछि विद्यालय चलाउनै पर्यो बडो कठिन छ । हाम्रो समस्या सबैलाई थाहा छ तर समाधानमा कसैले पहल नै गरेन ।’
उहाँजस्तै लोकतन्त्र प्राबि राकका प्रअ टोप बहादुर केसी पनि विद्यालयको बिजोग सुरु भएको बताउनुहुन्छ ।

‘गत वर्ष साउनदेखि तलब पाएका छैनौ । खाता रोक्का छ । ऋण गरेर विद्यालय चलाएका छौ । ’ उहाँका अनुसार विद्यार्थीलाई छात्रबृती र खाजा पनि दिइएको छैन । ५ जना शिक्षकले एक वर्ष यता उधारोमा पढाई रहेका छन ।

दसरथबिन्दु प्राबिका प्रअ चन्द्र कला वली, इन्द्र सेवक प्राबिका प्रअ राजकुमार वली पनि गाउँपालिकाले खाता बन्द गरेपछि विद्यालय संचालनमा समस्या आएको बताउनुहुन्छ ।

‘पोहर असारमा पैसो आएको । त्यसपछि आएको छैन, खाजा बन्द छ । छात्रवृृती पनि छैन । अस्तब्यस्त छ ।’ शिक्षक भन्छन कतिन्जेल ऋण र उधारो विद्यालय चलाउने ।

विभिन्न शिक्षक संगठनका नेता र शिक्षक महासंघमा पटक/पटक गुनासो गरे पनि समस्याको समाधान नभएको शिक्षकहरु बताउँछन । नागरिक दैनिकमा समाचर प्रकाशित छ ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार ११:०१ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...