back
NMB ad

कुमारी बैंक र सारथीबीच डिजिटल पेमेन्टमा सहकार्य, आकर्षक बोनस र क्यास ब्याकको योजना

Kumari bank ad

काठमाडौं । कुमारी बैङ्कले एपबेस्ड बुकिङ सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथिसँग डिजिटल पेमेन्टसम्बन्धी सहकार्य गरेको छ ।

आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउका लागि सारथिका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैङ्कले जनाएको छ ।

उक्त प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरुको आम्दानी पनि तुरुन्तै सम्बन्धित बैङ्क खातामा जम्मा भई बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने ब्याजको समेत लाभ हुने बताइएको छ ।

उक्त पेमेन्ट सेवामा ग्राहकले कुमारी बैङ्कको मोबाइल बैकिङ एपका साथै फोनपे नेटवर्कअन्तगर्तका सम्पूर्ण बैङ्क र वालेटबाट पनि सीधै भुक्तानी गर्न सक्ने छन् ।

बैङ्कले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका लागि सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ ।

उक्त योजनाअनुरुप हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्मको बोनस तथा ग्राहकले २० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:५५ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...