back
NMB ad

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने, यस्तो छ बाँडफाँड !

Kumari bank ad

काठमाडौं । पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच एकता भइ बनेको अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय नयाँ कार्यसमिति हुने भएको छ ।

पूर्व अनेरास्ववियुबाट नयाँ केन्द्रीय समितिमा १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने भएका छन । केन्द्रीय समितिको बैठक आगामी ३१ भाद्र र १ असोजमा काठमाडौंमा बस्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिनुभयो ।

संगठनको नाम ’अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन’ रहने भएको छ । २५१ जनाको एक तिहाई अर्थात ३३ प्रतिशत संख्या कायम गर्ने नेकपाको विधानमा व्यवस्था छ ।

नेकपाका नेता तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा बैठक बसेको हो ।

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमिति समेत बनेको छ । सो समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहनुभएको छ भने विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता वराल र समिक वडाल रहनुभएको छ ।

त्यस्तै आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहनुभएको छ ।

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार १६:३५ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...